बर्दिबासमा माओवादीले खाता खोल्यो, वडा नम्बर ८ बाट शम्शेर लामा विजयी

Read Time = 1 min

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी हुनु भएको छ ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई नौ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा विजयी लामाले सात सय ५३ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले सात सय ४४ मत ल्याएको कार्यालयले घोषणा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?