-चन्द्रकान्त खनाल
रुपन्देही । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेर बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा ६० वर्षिय नरेन्द्र बस्नेत विजयी बन्नुभएको छ ।
बस्नेत ६३६ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याउनु भयो। लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रसका माधव प्रधानले ३४८ मत प्राप्त गर्नुभयो ।
निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ।
बस्नेतले पुतली चुनाव चिन्हबाट लड्नुभएको थियो । २०५४ सालमा पनि बस्नेत स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यतिखेर पनि उहाँ कांंग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बन्नुभएको थियो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर