-चन्द्रकान्त खनाल
रुपन्देही । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेर बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा ६० वर्षिय नरेन्द्र बस्नेत विजयी बन्नुभएको छ ।
बस्नेत ६३६ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याउनु भयो। लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रसका माधव प्रधानले ३४८ मत प्राप्त गर्नुभयो ।
निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ।
बस्नेतले पुतली चुनाव चिन्हबाट लड्नुभएको थियो । २०५४ सालमा पनि बस्नेत स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
त्यतिखेर पनि उहाँ कांंग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बन्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच