शाहरूखको छोरीलाई सुझाब ‘तिमी कहिल्यै पर्फेक्ट हुँदैनौ’

Read Time = 3 mins

मुम्बई । बलिउडमा स्टारका किड्सको चर्चा खुबै हुनेगर्छ । विशेषगरी स्टार किड्स फिल्मनगरीमा प्रवेश गर्ने समाचारले खुबै स्थान पाउने पनि गर्छन् । यस्तै बलिउडका शाहरूख खानकी छोरी सुहाना खानको पनि बलिउडमा डेब्युको चर्चाले बेलाबखतमा स्थान पाइरहन्छ ।
जोया अख्तरले शनिबार सुहानाको डेब्यु चलचित्र ‘द आर्चिज’ को फस्र्ट लुक र टिजर सार्वजनिक गर्नुभएको छ । यो चलचित्रबाट बलिउडका स्टारकिडहरू सुहाना खान, खुशी कपुर र अगस्त्या नन्दाले डेब्यु गर्दैहुनुहुन्छ ।

छोरीको डेब्यु चलचित्रको फस्र्ट लुक सार्वजनिक भएसँगै अभिनेता खानले सुहानालगायत सबैलाई शुभकामना दिनुभयो । सामाजिक सञ्जालमा सुहानाका लागि अमूल्य सुझाव दिँदै शाहरूख लेख्नुहुन्छ, ‘भाडा पसलबाट किताब ‘आर्चिज डाइजेस्ट’ हरेक दिन २५ पैसामा भाडामा लिएर जोया अख्तरले पर्दासम्म यसलाई जीवित बनाउन सक्नु एकदमै अभूतपूर्ण छ । सबैभन्दा सुन्दर पेसामध्येको एकमा कदम बढाउन लागेका सबै सानाहरूलाई शुभकामना ।’

यसपश्चात् अर्को पोस्ट गर्दै शाहरूखले छोरी सुहानका लागि मीठो सुभाव दिनुभएको छ । ‘र याद गर, सुहाना खान तिमी कहिल्यै पनि पर्फेक्ट हुँदैनौ, तर आफू बन्न दयालु हुनु र एक कलाकारको रूपमा प्रस्तुत हुनु । आलोचना र ताली आफैंसँग राख्नका लागि त्यो तिम्रो होइन । पर्दामा तिम्रो जुन भाग छोडिन्छ त्यो सधैं तिम्रो हुनेछ, तिमीले लामो यात्रा तय गरिसक्यौ यद्यपि मानिसहरूको मनको बाटो अनन्त छ, अगाडि बढ्नु र सकेसम्म धेरै मुस्कान दिनु । अब प्रकाश छर्न देऊ क्यामेरा रोल एण्ड एक्सन ! अर्को अभिनेता साइन गर्नु ।’

बुबाको अमूल्य सुझाबले भरिएको पोष्टको रिप्लाइमा सुहाना लेख्नुहुन्छ, ‘लभ यू पापा ।’ यसलगतै फेरि शाहरूखले रिप्लाई दिँदै छोरीलाई धेरै सम्झिरहेको भन्दै ‘कामबाट बिदा लिएर मायाले अँगालो हालेर फेरि फर्क’ भन्नुभएको छ । गौरी खानले पनि सामाजिक सञ्जालमामा छोरीको डेब्यू चलचित्रको टिजर सेयर गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?