न्यूयोर्क । अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उहाँको गोली हानी हत्या भएको थियो ।
उहाँका अर्का एकजना साथी गोली प्रहारबाट गम्भीर रूपमा घाइते भएका छन् । जेलिनमा इजरायली सैनिकले गरेको अपरेसनको समाचार संकलन गरिरहेका बेला जेलिनमा उहाँको हत्या भएको थियो । त्यस हत्याको कडा शब्दमा निन्दा गर्दै यस हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । समाचार संकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । एजेन्सी ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र