काठमाडौं । भारतमा खाना पकाउने एलपी ग्याँसको मूल्य उच्च बिन्दुमा पुगेको छ । गत वर्षदेखि लगातार बढेको एलपी ग्याँसको मूल्य अघिल्लो हप्ता ५० भारुले बढेपछि भारतमा हाल प्रतिसिलिन्डर ग्याँसको मूल्य एक हजार भारुभन्दा बढी पुगेको छ ।
बिबिसीका अनुसार ग्याँसको मूल्यसम्बन्धी विषय भारतमा लामो समयदेखि राजनीतिक मुद्दा मानिँदै आएको छ । विपक्षी पार्टीले धेरैपटक मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिसकेका छन् । जुन कोरोना महामारीभन्दा थप संवेदनशील बन्न पुगेको हो । भारतको केन्द्रीय बैंकले दुई वर्षमा पहिलोपटक व्याजदर बढाएको छ तर पनि सर्वसाधारण महँगीको मारबाट बच्न सकेका छैनन् ।
भारतमा मूल्य बढे पनि नेपालले भने ग्याँसमा मूल्य बढाएको छैन, जसका कारण नेपाल आयल निगमको घाटा चुलिँदै गएको छ । पछिल्लो मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ दुई पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, खाना पकाउने एलपी ग्याँस सिलिन्डरमा एक हजार ५० रुपैयाँ १८ पैसा घाटा हुनेछ ।
जसका कारण १५ दिनको अवधिमा पाँच अर्ब १९ करोड बढी घाटा हुने निगमको दाबी छ । घाटा चुलिँदै गएपछि स्थानीय तहको निर्वाचनलगत्तै मूल्य बढाउने निगमको तयारी छ ।







‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक
राशिफल ३० साउन, कन्या :