काठमाडौं महानगर : बालेनलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै स्थापित, तेस्रोमा सिंह

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेन दुई हजार १३९ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउँदै आउनुभएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत ल्याउनुभएको छ । कांग्रेसकी सिर्जना सिंह एक हजार ५७ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोल दुई हजार २३२ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत ल्याउनुभएको छ । हलो चिन्हले ५२१ मत पाएको छ ।

मेयरतर्फ ढल्केको छाता एक, तराजु २८, हलो २३३, खड्ग पाँच, सुगा एक, तीर ६, साँचो एक, किताब ४, मकैको घोगा एक, पुतली एक, रिक्सा एक, आँखीझ्यालले २२१ मत पाएका छन् ।

उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा दुई, ढल्केको छाता एक, तराजु ९६, मादलले एक पाएका छन् ।

काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?