गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन । मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेससँग मात्रै छलफल गरेको भन्दै एमालेले बिरोध गरेपछि मतगणना सुरु हुन नसकेको हो ।
‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भन्ने थियो । तर, बैठक बस्नु अघि अधिकृतले एमालेलाई छाडेर कांग्रेस, माओवादीसँग मात्रै छलफलमा बसे । अनि हामीले बिरोध गयौँ । त्यसपछि सर्वदलीय बैठकपनि बस्न सकेको छैन’, एमालेका पालिका अध्यक्ष सुक बहादुर गुरुङले भन्नुभयो ।
आज साँझ करिब ८ बजेदेखि गाउँपालिकाको केन्द्र फिलिममा मतगणना सुरु गर्ने तयारी थियो । तर, सात बजेतीर अधिकृत नानीबाबु पोखरेलले एमालेलाई वाहेस गरेर छलफलमा बसेको भन्दै बिरोध सुरु भएको छ ।
निर्वाचन अधिकृत नानीबाबु पोखरेल भने एमालेका प्रतिनिधीको बुझाई गलत भएको बताउनु हुन्छ ।
उहाँले भन्नुभया, ‘सर्वदलीय बैठकबस्नु अघि अर्कै बिषयमा दुई दलहरुसँग छलफल गरेका थियौँ । उहाँहरुको बुझाई गलत भयो । सर्वदलीय बैठकमा सबै दलहरुलाई बोलाईन्छ’, अधिकृत पोखरेलले भन्नुभयो ।
अहिले प्राबिधिक कुराहरु मिलाईरहेको बताउँदै सबै ब्यबस्थापन सकेपछि मतगणना सुरु गर्ने उहाँले बताउनु भयो । भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको छ ।
अश्विन दानी/न्युज कारखाना







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध