कोलकत्ताको जित

Read Time = 2 mins

कोलकत्ता । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले जित हात पारेको छ । पुनेमा शनिबार राती कोलकत्ताले सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको हो ।

कोलकत्ताले दिएको १७८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । हैदरावादका लागि अभिषेक शर्माले ४३ रन, एडिन माक्र्रमले ३२ र शशांक सिंहले ११ रन जोड्नुभयो । कोलकत्ताका लागि आन्द्रे रसेलले तीन तथा टिम साउथीले दुई विकेट लिनुभएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ४९ रन बनाउनुभयो । साम विलिङ्सले ३४ रन जोड्दा अन्जिका रहानेले २८ रन जोडनुभयो । यस्तै नितिश राना २६ तथा कप्तान श्रेयस एयर १५ रनमा आउट हुनुभयो । हैदरावादका उम्रन मलिकले तीन विकेट लिनुभएको थियो ।

कोलकत्ताको यो छैटौँ जित हो । कोलकत्ता १२ खेलमा १२ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । हैदरावाद १२ खेलमा १० अंक जोडेर आठौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?