मुम्बई । बलिउडको प्रतिष्ठित अवार्ड ‘आइफा अवार्ड २०२२’ स्थगित भएको छ । युएईको अबुधाबीमा २०–२१ मे २०२२ मा हुने भनिएको अवार्ड संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख खलिफा बिन जायद अल नाहृयानको निधनका कारण स्थगित गरिएको हो ।
राष्ट्रपति शेखको निधनको कारण युएईमा ४० दिने शोकको घोषणा भएको छ । अव अवार्ड १४ देखि १६ जुलाईमा आयोजना हुने आयोजकले जनाएको छ । राष्ट्रपति शेखको शुक्रबार निधन भएको थियो । राष्ट्रपति शेखको निधनमा ४० दिने राष्ट्रिय बिदाको अलवा झण्डा आधा झुकाइएको छ ।
आइफा यस आइल्याण्डमा आयोजना कार्यक्रम थियो । यसपटक अवार्डमा छायांकन, पटकथा, संवाद, सम्पादन, कोरियोग्राफी, साउण्ड डिजाइन, साउण्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर र स्पेशल इफेक्ट (भिजुअल) गरी ९ विधा समावेश गरिएको छ । कार्यक्रम संस्कृति तथा पर्यटन विभाग–अबुधाबी (डीसीटी) को सहकार्यमा आयोजना हुन लागेको हो ।
बलिउड सुपरस्टार सलमान खान, रितेश देशमुख, मनीष पोल, रणवीर सिंह, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, अनन्या पाण्डे, दिव्या खोसला कुमार र नोरा फतेही कार्यक्रम सहभागी हुने तय भएको थियो । आइफा बलिउडका सबैभन्दा ठूला निर्माता–निर्देशक करण जौहर र अभिनेत्री परिणिती चोपडाको आयोजनामा हुन लागेको थियो । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल