काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
बिहान ६ बजेको मतपरिणाम अनुसार बालेनले आफ्नो मतान्तर फराकिलो बनाउदै जानुभएको छ । उहाँले ५४४६ मत ल्याउनु भएको छ ।
यस्तै, नेकपा एमालेका केशव स्थापितले २९५२ मतका साथ बालेनलाई पछ्याई रहनुभएको छ ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म २५७७ मत पाउनुभएको छ ।
अग्रता बनाइरहेका बालेन र उहाँलाई पछ्याई रहेका स्थापितबीचको मतान्तर २४९४ को रहेको छ ।
मतगणना शनिबार बिहान पौने दश बजेबाट सुरु भएको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल