एसी मिलानको सहज जित

Read Time = 1 min

लन्डन । इटालियन सिरी ए फुटबलमा शीर्षस्थानको एसी मिलानले एट्लान्टालाई २–० गोल अन्तरले पराजित गरेको छ । मिलानको जितमा राफायल लियो र थियो हर्नान्डेजले एक/एक गोल गर्नुभयो ।

खेलको ५६औँ मिनेटमा लियोले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । ७५औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई जित दिलाउनुभयो ।

जितसँगै मिलानले ३७ खेलमा ८३ अंक जोडेको छ । मिलान दोस्रो स्थानको इन्टरभन्दा पाँच अंकले अघि रहेको छ । अब उपाधिका लागि मिलानलाई तीन अंक आवश्यक रहेको छ । एट्लान्टा ५९ अंक जोडेर आठौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?