बर्जरको उपहार वर्षा

Read Time = 2 mins

काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । बर्जरले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजनाअन्तर्गत बर्जर उपहारको वर्षा योजना ल्याएको हो ।

योजनाअन्तर्गत ७५ हजार मूल्य बराबरको बर्जर पेन्ट्सको कुनै पनि इमल्सन उत्पादन खरिदमा पक्का पुरस्कार जित्न सकिनेछ । लक्की ड्रमार्फत् एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेट बाइक जित्न सक्नेछन् ।

साथै अन्य बम्पर पुरस्कारमा सिजी ४३ इन्च टिभी, सामसुङ ७.५ केजी टप लोडिङ वासिङ मेसिन, भिडियोकन एक सय ९० लिटर फ्रिज र सिजी भ्याकुम क्लिनर रहेका छन् ।

योजना बर्जरको वेदरकोट लंग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी-डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन परिवार, बाइसन इमल्सन परिवार र बाइसन लाइट इमल्सनमा लागू हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?