आज ५३औँ विश्व दूरसञ्चार दिवस

Read Time = 2 mins

काठमाडौं । आज ५३औँ विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ, यही विकास क्रम सुरु भएको दिनको सम्झनामा आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटियु)का विश्वका १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को स्थापना दिवस मे १७ लाई आधार मानेर प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ । सन् १८६५ मे १७ मा आइटियुको स्थापना भएपछि सन् १९६९ मे १७ तारिखमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको इतिहास छ ।

सो हस्ताक्षरको सम्झनामा सन् २००५ देखि विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो । विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा आइटियुले सदस्य राष्ट्रलाई सहयोग गर्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?