धादिङको खनियाबास गाउँपालिकामा कांग्रेसका तामाङ विजयी

Read Time = 1 min
A A- A+

-वावुराम श्रेष्ठ

धादिङ । धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

तामाङले एक हजार ६०९ मत ल्याउनुभयो भने स्वतन्त्र उम्मेदवार फूलबहादुर तामाङले एक हजार ३९६ र नेकपा एमालेका इमाल तामाङले एक हजार ६३ मत पाउनुभएको छ ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सेकेमान तामाङ निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ८३७ मत पाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी मरियम तामाङले एक हजार २३७ र एकीकृत समाजवादीका फुरबहादुर तामाङले ७०४ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?