-पुरन साह
जनकपुरधाम । धनुषामा जसपा नेपाल र नेपाली कांग्रेसले खाता विजयी सुरुवात गरेको छ । जिल्लाको १८ पालिका मध्ये जनकनन्दनी गाँउपालिकाको अध्यक्षमा जित्दै जनता समाजवादी पार्टी ९जसपा०ले खाता खोलेको छ ।
अध्यक्षमा जसपाका दिपिन देव यादव निर्वाचित हुनुभएको छ । त्यसै गरि उपाध्यक्षमा भने नेपाली कांग्रेसकी कमला सहगल निर्वाचित हुनुभएको छ ।
अध्यक्ष जितेका यादव आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीलाई ४८९ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । यादवले ३ हजार १९७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी चौधरीले २ हजार ७०८ मत पाउनुभएको छ ।
यता, धनौजी गाँउपालिकामा लोसपा वा नेकपा एकीकृत समाजवादी जित्ने चर्चाका बीच पुनः नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसका राजकुमार साह अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवती मण्डल निर्वाचित हुनुभएको छ। उहाँहरुको आधिकारिक घोषणा हुन भने वाँकी छ । उपाध्यक्षमा जित्नुभएका मण्डलको लगातार यो दोस्रो कार्यकालको लागि जित हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल