गल्याङको मेयरमा भट्टराई निर्वाचित

Read Time = 2 mins

युवराज पौडेल
स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । काङ्ग्रेसका मेयरका उम्मेदवार गुरुप्रसाद भट्टराई ९,६२९ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्रे पारसलाई पराजित गर्दै उहाँले जित हात पार्नुभएको हो । एमालेका मेयर पदका उम्मेदवार गैह्रेले ८,९१२ मत ल्याउनु भयो । गैह्रे नेकपा एमाले स्याङ्जाका अध्यक्ष हुनुहुन्छ भने भट्टराई नेपाली कांग्रेसका जिल्ला सचिव हुनुहुन्छ ।
यसभन्दा अगाडिको स्थानीय निर्वाचनमा एमालेले विजय प्राप्त गरेको सो नगरपालिकामा उपमेयर पदमा पनि नेपाली कांग्रेसकै उम्मेदवार हेमा न्यौपाने ९,११८ मतसहित विजयी हुनुभएको छ भने निकटम प्रतिस्पर्धी नेकपा एमालेकी खगिसरा थापाले ९,०५५ मत ल्याउनु भयो ।
नगरपालिकाका १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा नेपाली काङ्ग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भए भने २, ७, ८ र ११ मा नेकपा एमाले तथा वडा नं ५ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् । यसरी बहुमत वडासहित गल्याङ नगरपालिकाको नेतृत्व काङ्ग्रेसका युवा नेता गुरुप्रसाद भट्टराईले प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?