‘कान्स फिल्म फेस्टिभल’मा सहभागि हुँदै नायिका पन्त

Read Time = 1 min

काठमाडौं । नायिका सुरक्षा पन्तले ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिता जनाउने हुनुभएको छ ।

अन्तर्राष्ट्रिय चलचित्र ‘दि एट माउन्टेन’ मा अभिनय गर्नुभएकी पन्तलाई उक्त ‘फिल्म फेस्टिभल’ का लागि निमन्त्रणा आएको हो ।

चलचित्र ‘दि एट माउन्टेन’को केहि भाग नेपालको मनाङमा समेत छायांकन भएको थियो ।

उक्त चलचित्रको मुख्य प्रतिस्पर्धामा आफू छानिएको खबर आएपछि सहभागि हुन जान लागेको पन्तले जानकारी दिनुभयो । चलचित्रको ‘प्रिमियर’ बुधबार हुने जनाइएको छ ।

‘कान्स फिल्म फेस्टिभल’मा नायिका प्रियंका कार्कीले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?