रसुवा । रसुवाको कालिका गाउँपालिकामा पार्टीका उम्मेदवार विजयी गराउन नसकेपछि नेकपा माओवादी केन्द्र कालिकाका इन्चार्ज अर्जुनप्रसाद देवकोटाले राजीनामा दिनुभएको छ ।
उहाँले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको टिकटमा आन्तरिक प्रतिस्पर्धा हुँदा अल्पमतमा परेको र निर्वाचनमा पार्टीको उम्मेदवार विजयी गराउन नसकेकाले नैतिकताको आधारमा राजीनामा दिएको बताउनु भयो ।
कालिकामा एउटा वडामा माओवादी केन्द्रले प्यानलै जितेको थियो । बाँकी ४ वटा वडामा नेपाली कांग्रेस विजयी भयो । माओवादी केन्द्रले पालिकामा नेकपा एससँग गठबन्धन गरेको भए पनि पालिका अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पराजय भोग्न पर्यो।
कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २६२२ मत पाउनु भयो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २२८३ मत पाउनु भयो ।
माओवादीका उम्मेदवार सोमबहादुर तामाङले १५२२ मतसहित तेस्रो हुनु भयो। उपाध्यक्षमा कांग्रेसकी मिरा लामाले २८१० मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्टले २००२ मत पाउनु यभो। यस्तै, नेकपा समाजवादीका उम्मेदवार विष्णुप्रसाद देवकोटाले १ हजार ४० मत सहित तेस्रो नै हुनुभयो ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच