अर्घाखाँचीको मालारानी गाउँपालिकामा गठबन्धनलाई हराउदै एमाले विजयी

Read Time = 1 min
A A- A+

-श्याम घिमिरे
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई विजयी हुनुभएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पदम क्षेत्रीलाई पराजित गर्दे भट्टराई बिजियी हुनुभएको हो ।

भट्टराईले ८ हजार २ सय ८३ मत प्राप्त गर्नुभयो भने क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै दीपा पोख्रेल विजयी हुनुभएको छ । पोख्रेलले ८ हजार १ सय ५५ मत प्राप्त गर्नु भयो । गठबन्धनको तर्फबाट काँग्रेसका शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?