कांग्रेसको विरासत तोड्दै सिंजा गाउँपालिकाको अध्यक्षमा माओवादीका धिताल विजयी

Read Time = 1 min

-विजय रावत

जुम्ला । नेपाली कांग्रेसको विरासत तोड्दै जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणामानुसार गाउँपालिकाको अध्यक्षमा पूर्णप्रसाद धिताल निर्वाचित हुनुभएको हो ।
उहाँले १ हजार ९४९ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याउनु भयो । उपाध्यक्षमा माओवादीकी उम्मेदवार सितला रोकाया १ हजार ९५६ मतसहित निर्वाचित हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजकला शाहीले १ हजार ६८ मत प्राप्त गर्नुभयो ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये सिंजामा मात्र माओवादीले अध्यक्ष र उपाध्यक्ष जितेको पहिलो स्थानीय तह बनेको छ । यहाँ ०४७ को स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांगे्रसका उम्मेदवार विजयी भएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?