त्रियुगा र कटारीमा मत गणना अनिश्चित, छानबिन समित गठनको माग

Read Time = 3 mins

उदयपुर । उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा भने मत गणना अनिश्चित बनेको हो ।

मतदानका दिन प्रहरीले चलाएको गोली लागि ज्यान गुमाएका किशोरको छानबिन गर्न सरकारले उच्च स्तरीय समिति नबनाएसम्म मत गणना नगर्ने राजनीतिक दलहरूको अडानका कारण कटारी नगरपालिकामा मत गणना हुन नसकेको हो ।

मतदानका दिन उदयपुरको कटारी नगरपालिका– १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक बिद्यालयमा मतपेटिका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट १९ वर्षीय नवीन भन्ने वीरबहादुर कटुवालको घटनास्थलमा नै ज्यान गएको थियो । गोलीबाट लागेर घरैमा बसिराखेको १४ वर्षीय बालक मोहनबहादुर श्रेष्ठ पनि घाइते भएका थिए । मोबाइल गस्तीमा रहेको प्रहरी टोलीले एक्कासी गोली चलाएको स्थानीयको आरोप छ ।

मतदान गर्न लाइनमा बसेका मतदाताहरूबीच आपसमा सामान्य विवाद हुँदा प्रहरीले गोली चलाएको कटारी नगरपालिका–१० सोरुङ छबिसेका झनकबहादुर राईले बताउनु भयो।

सर्वदलीय वैठकमा दलहरूले कटारी नगरपालिका–१० सोरुङ्गको घटनाका विषयमा भएको निर्णय बमोजिम छानबिन आयोग गठनपश्चात मात्रै मतगणना सुरु गर्ने निर्णय गरेपछि मत गणना प्रभावितत भएको हो ।

यसैगरी त्रियुगा नगरपालिकाको निर्वाचन गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा स्थगित भएको मतदान प्रक्रिया अन्यौलमा परेको छ । निर्बाचनको काम नसकिदै उनले स्वास्थ्यको कारण देखाएर खनालले राजीनामा दिनुभएको हो । उदयपुरको ९८ मतदान स्थलमध्ये सदरमुकामस्थित त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा भएको विवादपछि मुख्य निर्बाचन अधिकृतले राजीनामा दिनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?