काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को संसदी दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताउनु भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उहाँले आज यस्तो प्रतिक्रिया दिनुभएको हो ।
‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । तर पनि यो एउटा प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला बनिसकेको छैन,’ आज संसद बैठकबाट बाहिरिने क्रममा श्रेष्ठले भन्नुभयो ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृति समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बनेको थियो ।
स्थानीय तहको परिणामले गठबन्धन टुट्छ त ? भनि पत्रकारहरुले सोधेको प्रश्नमा उहाले भन्नुभयो, ‘यो सबै परिणामहरु आइसकेपछि समिक्षा हुनेछ । राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । यसको छुट्टै महत्व छ ।’
आज विहान मात्र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि चुनावी परिणामलाई लिएर गठबन्धनप्रति असन्तुष्टी जनाउनु भएको थियो। उहाँले गठबन्धनको समिक्षा गर्नुपर्ने बताउनु भएको थियो।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं