काठमाडौं । नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु-१४ टेनिस प्रतियोगिताको सर्किट-१ मा दुई रजत पदक जित्नुभएको छ । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाउनुभएको छ ।
प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासँग ६-३ र ६-१ ले पराजित हुनुभयो । डबल्समा प्रशंसाको पार्टनर कतार साफिया अल थानी हुनुहुन्थ्यो । उक्त जोडीलाई कतारका मसेल अल खेन्जी र खदिजा गासामाको जोडीले ६-२, ४-६ र १०-७ को सेटमा हराउनुभयो । सर्किट-२ सोमबारदेखि सुरु हुँदैछ । सर्किट-२ मा पनि प्रशंसा खेल्दै हुनुहुन्छ । प्रशंसा नेपालबाट सहभागी एक्लो खेलाडी हुनुहुन्छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :