उमा कुङफुमा नेपाललाई तीन स्वर्ण

Read Time = 2 mins

काठमाडौं । उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुतुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिका समेत निर्वाह गर्नुभएका नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाउनुभएको छ ।

सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नुभएको थियो । उहाँले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अंक जोड्दै शीर्ष स्थान हात पार्नुभयो । सञ्जयले यसअघि अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।

भुपेन्द्र गुरुङले चाइनिज फम्र्सको छाङ छ्वानमा ८.९ अंक हासिल गर्दै स्वर्ण चुम्नुभयो । यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जित्नुभयो ।

प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५ सय ५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी गराउनुभयो । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेनमार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?