बराबरीमा रोकियो युभेन्ट्स

Read Time = 2 mins

टुरिन । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । घरेलु मैदानमा युभेन्ट्सले लाजियोसँग २–२ गोलको बराबरी खेलेको हो । युभेन्ट्सका डुसान भ्लाहोभिच र अल्भारो मोराटाले गोल गर्दा लाजियोका सेर्गेज मिलिन्किोभिच साभिकले गर्नुभएको थियो । एक गोल भने लाजियोले आत्मघाती उपहार पाएको थियो ।

खेलको १०औँ मिनेटमा डुसान भ्लाहोभिचको गोलबाट युभेन्ट्सले अग्रता लियो । ३६औँ मिनेटमा मोराटाले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेको थियो । तर, त्यसपछि लाजियो खेलमा फर्कियो । ५१औँ मिनेटमा एलेक्स सान्द्रोले आत्मघाती गोल गर्नुभयो । इन्जुरी समयमा सेर्गेज मिलिन्किोभिच साभिकले बराबरी गोल गर्दै अंक खोस्नुभयो ।

यो बराबरीसँगै अंक तालिकामा कुनै परिवर्तन भएको छैन । युभेन्ट्स ३७ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रहँदा लाजियो ६३ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

यता प्रिमियर लिगमा आर्सनल न्युक्यासल युनाइटेड २-० ले स्तब्ध बनेको हो । न्युक्यासलको जितमा बु्रनो गुइमारेइसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ५५औँ मिनेटमा बेन हृवाइटले आत्मघाती गोल गरेपछि न्युक्यासलले अग्रता लिएको थियो । ८५औँ मिनेटमा बु्रनो गुइमारेइसले गोल गर्दै आर्सनललाई २-० ले स्तब्ध पार्नुभयो ।

हारसँगै आर्सनल ३७ खेलबाट ६६ अंक जोडेर पाँचौँ स्थानमा यथावत् रहँदा चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानमा रहेको टोटनहम हटस्परको ६८ अंक छ । न्युक्यासल ४६ अंक जोडेर १२औँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?