काठमाडौं । भारतको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना हुनेभएको छ । ए.डी.रिलिजले यसको फ्रेन्चाइको आधिकारिक रूपमा ‘सुपर डान्सर नेपाल’ गर्ने भएको हो ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको ए.डी.रिलिजले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने उदेश्यले प्रतियोगिता नेपालमा सुरु गर्न लागेको हो । नेपालको प्रमुख शहरहरू पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, काठमाडौं र नेपाल बाहिरका नेपाल भाषीहरू माझसमेत प्रारम्भिक अडिसनमार्फत प्रतियोगी छान्ने भएको छ । सहभागी हुन इच्छुकले प्रारम्भिक अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रमको अर्काे उद्देश्य नेपालमै डान्समा भविष्य खोजिरहेकालाई स्थापित गर्ने रहेको आयोजकले जनाएको छ । प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रूपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकीय भूमिका निभाउँदै गाइड गर्नेछन् । सुपर जज, सुपर गुरु र सुपर प्रतिभाको प्रस्तुतिले शोको रोमाञ्चकता थप्नेमा आयोजकको विश्वास रहेको छ ।
‘सुपर डान्सर नेपाल’को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन-२ का उपविजेता नेपाली डान्स समूह पनि अनुबन्धित छ । शो हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शो ३० भाग निर्माण हुने आयोजक ए.डी.रिलिजका कम्युनिकेशन्स् म्यानेजर रश्मि अग्रवालले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :