काठमाडौं । मर्जरको तयारीमा रहेका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । तीन जीवन बिमा कम्पनीबीच एक आपसमा गाभ्ने, गाभिने सम्झौतासँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि सेयर कारोबारमा रोक लगाएको हो ।
बिमा समितिले पुँजी वृद्धि योजना ल्याएपछि वैशाख २९ गते तीन बिमा कम्पनीबीच मर्जर सम्झौता भएको थियो । समितिले जीवन बिमा कम्पनीहरूलाई २०७९ चैतभित्र पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन जारी गरेको छ । उक्त निर्देशनसँगै तीन जीवन बिमा कम्पनीबीच मर्जर सम्झौता भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच