भैरहवा । हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत् हुने भएको छ । बैंकले विमानस्थलमा सेवा विस्तार गरेको छ ।
यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सबै बैंकिङ सेवा सुविधा प्रवाह गर्न बैंकले पाँचवटा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले विमानस्थलभित्र डिपार्चर काउन्टर, बोर्डिङ वेटिङ काउन्टर, एराइभल काउन्टर, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याएको छ ।
काउन्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटिएम, पिओएस सेवा तथा अन्य बैंकिङ कारोबार गर्न सकिनेछ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेसन विभागकी विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, सूचना प्रविधि विभागका वरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुलीलगायतकोे उपस्थिति थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :