महिला नेतृत्व उद्यम तालिम

Read Time = 4 mins

काठमाडौं । अमेरिकी सहयोगमा सञ्चालित महिला नेतृत्वका लागि उद्यम अर्थात् घरमै वस्तु तथा सेवा उत्पादन तथा उपभोक्ता उत्थानशीलता परियोजना सम्पन्न भएको छ । युएसएड तयार नेपाल-उन्नत विपद् जोखिम व्यवस्थापन परियोजनाको सहयोगमा ठूलो डट कम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वालिटी (इमर्ज) ले परियोजना कार्यान्वयन गरेका हुन् । परियोजना ११ मेमा एक भर्चुअल र भौतिक उपस्थितिसहितको कार्यशाला आयोजना गरिएको हो ।

इमर्जकी प्रमुख कार्यकारी अधिकृत मोना श्रेष्ठ अधिकारीले परियोजनाले व्यवसाय र ठूलो डटकममार्फत् इकमर्स प्लेटफर्मसहितका लाभग्राहीलाई तालिममार्फत् उत्थानशीलता विकास, वित्तीय पहुँच र जोखिममा आधारित लगानी सहजीकरण गरेको बताउनुभयो । परियोजनाले व्यवसाय र उपभोक्तालाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनमा सहयोग गर्ने गरी मोबाइल एप विकास गरेको छ जुन एन्ड्रोइड र आइओएस दुवैका प्रयोगकर्ताका लागि उपलब्ध रहेको छ ।

युएसएड तयार नेपालकी चिफ अफ पार्टी ट्यामी हृयारिसले ठूलो डटकम र इमर्जसँगको साझेदारीमा अनुदान सहयोगको कार्यान्वयन उपलब्धिमूलक भएको बताउनुभयो । जसले निजी क्षेत्रको चासो, नवप्रवर्तनमा आधारित तथा लैंगिक र समावेशिताको पहल उत्साहजनक र सफल ढंगले लिएको उहाँको भनाइ छ ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुसालले १० महिनामा परियोजनाले अनपेक्षित काम गरेको भन्दै कार्यान्वयनमा संलग्न दुवै संस्थाले उद्यमीलाई सीप विकास तथा उत्थानशील उद्यमशीलतातर्फ मार्गदर्शन गरेको बताउनुभयो ।

इमर्जकी कार्यक्रम निर्देशक एलिना उदासले उत्थानशील व्यवसाय निर्माणसम्बन्धी तालिमको उपलब्धिबारे चर्चा गर्दै व्यवसाय उत्थानशीलता, वित्तीय पहुँच र जोखिममा आधारित लगानीसम्बन्धी तालिम लिएका एक सय २९ सहभागीमध्ये २५ महिला श्रवण तथा शारीरिक दुर्बलता रहेको जानकारी गराउनुुभयो ।

ठूलो डटकमकी प्रमुख कार्यकारी अधिकृत सुरक्षा अधिकारीले परियोजनाले ठूलो डटकममा आबद्ध गरेर ४८ महिला उद्यमीलाई डिजिटल खाडल कम गर्न मद्दत गरेको तथा विभिन्न प्रवद्र्धनात्मक कार्यमार्फत् विपद् पूर्वतयारीका लागि तयार गरेको बताउनुभयो । परियोजना समापन कार्यशालामा ठूलो डटकमका प्रमुख कार्यकारी अधिकृत राजाराम नेपालले म त छु तयार नामक मोबाइल एपका विशेषताबारे जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?