इसेवाका ग्राहक ६० लाख

Read Time = 3 mins

कमाठमाडौं । सेवा प्रदायक इसेवाको मोबाइल एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । यससँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ । स्थापनाको १३ वर्षमा इसेवाको मोबाइल एप एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एपमार्फत् सेवा प्रदान गर्र्दै आएको छ ।

कम्पनीका अनुसार एन्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेट पहुँचका कारण एप्समा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै इसेवाले आफ्ना सेवा मोबाइल एप्स अझै परिष्कृतरूपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ ।’ ५० लाख मोबाइल एप डाउनलोड भएको अवसरमा इसेवाले बुधबारका लागि ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजजिनक गरेको छ ।

अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा पाँच प्रतिशत क्यासब्याक अफर प्राप्त गर्नेछन् भने ग्राहकले हरेक मोबाइल टपअपमा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । अफरअन्तर्गत हरेक घण्टा विभिन्न सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनै पनि कम्पनीको मोबाइलमा टपअप, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आइएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म इ-लर्निङ शुल्क भुक्तानीमा पाँच प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

त्यस्तै १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म इकमर्समा सपिङ तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्सको प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महसुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा पाँच प्रतिशत क्यासब्याक पाइनेछ । बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनै पनि ग्राहकले मोबाइल टपअप सेवामा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?