चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले मतान्तर बढाउनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका विजय सुवेदीलाई १ हजार ३४४ मतले पछि पार्दै रेणुले मतान्तर बढाउनु भएको हो ।
भरतपुरमा २६ हजार २६ मत गनिसक्दा रेनुले ९ हजार ३६३ मत पाउनु भएको छ भने एमालेका सुवेदीले ८ हजार १९ मत पाउनुभएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हनार मत कटाउनु भएको छ । उहाँले पछिल्लो अपडेट अनुसार ४ हजार १९१ मत प्राप्त गर्नु भएको छ ।
भरतपुरमा अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ।