लिभरपुल पुनः उपाधि होडमा फर्कियो

Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ । लिभरपुलले मंगलबार राति पुनरागमन गर्दै साउथह्याम्पटनलाई २-१ गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन ताकुमी मिनामिनो र जोएल माटिपले एक एक गोल गरे ।

खेलको १३ औं मिनेटमा नाथन रेडमोन्डले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २७ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले उपाधिको होड कायम राखेको छ । लिभरपुलले ३७ खेलमा ८९ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

साउथह्याम्पटन ४० अंक जोडेर १५ औं स्थानमा रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?