भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै

Read Time = 1 min

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६ हजार ४२६ मत गणना हुँदा रेनुले ९ हजार ५४२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहनु भएको छ। अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?