दिक्तेलमा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

Read Time = 3 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । १५ वडाको सम्पन्न मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा नेकपा माओवादी केन्द्रका बिसन राई निर्वाचित हुनुभएको हो ।

भट्टराईले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार कुमार आचार्यलाई ४ हजार ३९३ मतले हराउँदै मेयरमा निर्वाचित हुनुभएको हो । भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मतमा चित्त बुझाउनु परेको छ ।

उपमेयरमा १० हजार ४३८ मत पाएर बिसन निर्वाचित हुँदा एमालेका उपमेयर उम्मेदवार बिणादेबी राई ७ हजार ३१९ मतमै खुम्चिनुभएको छ । राप्रपाबाट मेयरका प्रत्यासी जीवनकुमार श्रेष्ठले ४०५ मत र उपमेयरका प्रत्यासी चन्द्रकुमारी राई ताराले ५६६ मत पाउनुभएको छ ।

यस्तै, वडातर्फ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल २ मा माओवादी केन्द्रका ध्रुर्बबिक्रम राई, बाम्राङमा एमालेका महेन्द्र बहादुर राई, खाल्लेमा माओवादीका खगेन्द्र राई, लफ्याङमा कांग्रेसका दिनेशकुमार राई, नेर्पामा माओवादीका माधब राई, चिउरीडाँडा–७ मा कांग्रेसका हरि चौलागाँई र चिउरीडाँडा बुवालुङमा एमालेका लिलाकुमार चौहान निर्वाचित हुनुभएको छ ।

निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, पाथेकामा जसपाका मुगाधन राई, खार्मीमा माओवादीका ईखबहादुर राई, जालपामा माओवादी केन्द्रका दानबहादुर राई, नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, बुईपामा एमालेका दिनेश राई र विजयखर्कमा कांग्रेसका रामबहादुर कटवाल निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?