थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी

Read Time = 1 min

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी हुनु भएको छ । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी हुनु भएको हो ।

जम्मा २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गर्नुभयो । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३र३ वटा वडामा विजय हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?