कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ ।

गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

त्यस्तै अहिलेसम्मको मतपरिणाले दोस्रो पार्टी बन्ने देखिएको नेकपा एमालेले २६ नगर प्रमुख र ८७ गाउँपालिका अध्यक्ष गरी १ सय १३ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ८६ स्थानमा अग्रता लिइरहेको छ। प्रमुख र अध्यक्ष बाहेक एमालेका २८ उपप्रमुख, ८४ उपाध्यक्ष, १४ सय ५६ वडाध्यक्ष, १५ सय ६२ महिला सदस्य, १५ सय ४३ दलित महिला र ३१ सय ७० सदस्य गरी जम्मा ७ हजार ९ सय ५६ जना उम्मेदवार विजयी भएका छन्।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ नगर प्रमुख र ६८ गाउँपालिका अध्यक्ष गरी ७७ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ३३ स्थानीय तहमा अग्रता लिइरहेको छ। प्रमुख र अध्यक्ष बाहेक उपप्रमुखमा १३, उपाध्यक्ष ७१, वडाध्यक्ष ७ सय ९१, महिला सदस्य ७ सय ३७, दलित महिला सदस्य ७ सय ५० र सदस्य १३ सय ७० गरी माओवादीका ३ हजार ८ सय ९ जना उम्मेदवार विजयी भएका छन्।

त्यस्तै जनता समाजवादी पार्टी चौँथो स्थानमा देखिएको छ। नगर प्रमुख पदमा एउटा पनि जित ननिकालेको जसपाले ५ गाउँपालिका अध्यक्ष पदमा जित निकालेको छ। उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी जसपाका ६ सय २० भन्दा बढी उम्मेदवारले जित हाँसिल गरेका छन्। पाचौँ स्थानमा देखिएको एकीकृत समाजवादीले १ नगर प्रमुख, ४ गाउँपालिका अध्यक्ष गरी ५ स्थानीय तहमा विजयी भएको छ। वडाका सबै पदहरूमा गरेर समाजवादीका ६ सय ५ बढी उम्मेदवार विजयी भएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?