सप्तरी । सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी हुनुभएको छ । उहाँले ६ हजार ४०७ मत ल्याएर विजयी हुनभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याउनु भयो । साह २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित हुनुहुन्थ्यो ।
उपमेयरमा जसपाकी सरिता यादव पुनः उपमेयर पदमा ६ हजार ५०२ मत ल्याएर विजय हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीको उपमेयर उम्मेदवारले ५ हजार ९८२ मत प्राप्त गर्नुभयो । यादव २०७४ सालको निर्वाचनमा उपममेयर पदमा निर्वाचित हुनुहुन्थ्यो ।
त्यस्तै यस नगरपालिकाको वडा नं १ मा जनमत पार्टीका सुरेन्द्र मण्डल, २ मा जनता समाजवादी पार्टीका सन्तोष कुमार यादव,३ मा जसपाकै विजय कुमार यादव, ४ मा जनमतका मौली कुमार मण्डल,५ मा माओवादी केन्द्रका बुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाको राम लखन मण्डल, ११ मा माओवादी केन्द्रका साकीर खा, १२ जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्ण कुमार यादव विजयी हुनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल