काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराई पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण र आयात कम गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उहाँले मूल्यवृद्धि नियन्त्रणदेखि पेट्रोलियम पदार्थको वैकल्पिक उपायबारे सरकारको प्राथमकितामा नपरेको बताउनु भयो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै वस्तुको भाउ बढ्ने र यसले विपन्न समुदायको जीवन कष्टकर हुने भन्दै उहाँले पेट्रोलियम पदार्थको वैकल्पिक उपायदेखि मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्नुपर्ने बताउनु भयो ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशको आर्थिक संकट नियन्त्रण गर्ने उपाय अवलम्बन नगरेको भट्टराईले बताउनुभयो ।
कोरोनाभाइरसको महामारीका बेला एमालेको तत्कालीन सरकारले दातृ राष्ट्र र निकायको सहयोग लिएर देशको आर्थिक अवस्थालाई बलियो बनाए पनि अहिले सरकारले देशको आर्थिक अवस्था सुधार्न प्रयास नगरेको पनि उहाँको आरोप छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका