स्थानीय तहको परिणाम हाम्रो लागि उत्साहजनक: वर्षमान पुन

Read Time = 3 mins

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताउनुभयो ।
नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताउनुभयो । केही ठाउँमा माओवादीलाई मत नहालिएको भएपनि धेरै ठाउँमा गठबन्धन सफल भएको उहाँको भनाई छ । गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कतिपय ठाउँहरुमा नहालेको पनि देखियो । तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ । यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो । यस अर्थमा यसको औचित्य अझैपनि छ । हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन । हामी प्रतिगमन रोक्न सफल छौँ । राजनीतिक स्थायित्वका लागि सफल छौँ । संविधानको रक्षाका लागि सफल छौँ । अहिले स्थानीय निर्वाचनमा मुलत्ः सफल भएको छ । हामी यो गठबन्धन अगाडी लैजान्छौँ । केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन । अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको । त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन । पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन् । आ–आफ्ना संगठनहरु छन् । आ–आफ्ना एजेण्डाहरु छन् । मुल कुरो पार्टीका आफ्नो शक्ति नै हो । र गठबन्धन एक चौथाइ मात्रै भयो । त्यसमा मुलत्ः सफल भएको छ ।’

उहाँले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)