नेपाली टी–२० लिग असोज कात्तिकमा हुने

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा भब्य कार्यक्रमकबीच क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ ।

खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेको बताए । प्रतियोगिता कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए ।

यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?