गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनियाँ निर्वाचित

Read Time = 6 mins

चितवन । पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनियाँ निर्वाचित हुनुभएको छ ।

२०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि २०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै आएका एमालेका लालमणि चौधरीलाई खनियाँले ८५० मतान्तरले पराजित गर्नुभयो । खनियाले १४ हजार ५४५ मत ल्याउँदा चौधरील १३ हजार ६९५ मत प्राप्त गर्नुभयो ।

पूर्व सांसदसमेत रहनुभएको चौधरीलाई मेयरमा गठबन्धनले हराउन सके पनि उपमेयरमा भने हराउन सकेन । उपमेयरमा एमालेकी कविता उप्रेती चार हजार ४९४ मतान्तरले निर्वाचित हुनुभयो ।

उप्रेतीले १४ हजार १६४ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले नौ हजार ६७० मत प्राप्त गर्नुभयो । खैरहनीमा गठबन्धनको सहारामा कांग्रेसले छ वडा जित्न सफल भयो । एमालेले सात वडामा जित हात पारेको छ ।

वडाहरूको मतपरिणाम यस्तो छ

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित हुनुभएको छ । भुसाल एक हजार ९४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकतम प्रतिस्पर्धी एमालेका वसन्त लामिछानेले ९ सय ३३ मत ल्याउनुभयो ।

खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणी प्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गर्नुभयो ।

खैरहनी–३ को अध्यक्षमा कांग्रेसकै पूर्णबहादुर गुरुङ ७७७ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सुकुमाया घिसिङले ६९७ मत प्राप्त गरे पनि निर्वाचित हुनका लागि पर्याप्त भएन । सदस्यमा मिश्रित परिणाम आएको छ ।

खैरहनी–४ मा एमालेका वेदबहादुर अधिकारी १५ सय पाँच मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभयो । कांग्रेसका नारुद करुवालले ७८९ मत मात्रै प्राप्त गर्नुभयो ।
खैरहनी–५ को अध्यक्षमा एमालेका छत्रनाथ सुवेदीले ६५९ मत ल्याएर निर्वाचित हुनुभयो। निकटतम प्रतिस्पर्धी कांग्रेसका एकबहादुर बोहरा क्षेत्रीले ५६६ मत मात्रै प्राप्त गर्नुभयो ।

खैरहनी–६ मा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका कमल प्रसाद न्यौपानेले एक हजार २१२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका रामेश्वर बर्तौलाले ९८४ मत मात्रै प्राप्त गर्नुभयो ।

खैरहनी–७ को अध्यक्षमा एमालेका मनेजर महतो एक हजार ८७ मत ल्याएर निर्वाचित हुनुभयो । यस वडामा एमालेको प्यानल नै विजयी भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका किरण चौधरीले ७२६ मत मात्रै ल्याउनु भयो ।

खैरहनी–८ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका शंखर कँडेल ८३८ मत ल्याएर निर्वाचित हुनुभयो । कँडेलका निकटतम प्रतिस्पर्धी एमालेका शान्तिकुमारी चौधरीले ८२४ मत ल्याउनु भयो ।

खैरहनी–९ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका बन्धुराम महतो ११ सय ७९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका पवन श्रेष्ठले ८६८ मत मात्रै प्राप्त गर्नुभयो ।

खैरहनी–१० मा कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा कांग्रेसका चन्द्र विक्रम चौधरीले १८ सय ५५ मत ल्याएर निर्वाचित हुनुभयो ।निकटतम प्रतिस्पर्धी एमालेका कारीराम चौधरीले १७ सय ५१ मत प्राप्त गर्नुभयो ।

खैरहनी–११ को अध्यक्षमा एमालेका दीपेन्द्र कुमार दरै ८४० मत ल्याएर विजयी हुनुभयो। निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तोष भण्डारीले ६१९ मत मात्रै प्राप्त गर्नुभयो ।
खैरहनी–१२ को अध्यक्षमा कांग्रेसका केदारनाथ पन्त ११ सय ३७ मत ल्याएर निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णलाल चौधरीले एक हजार ३६ मत ल्याउनुभयो ।

खैरहनी–१३ को अध्यक्षमा एमालेका कुलप्रसाद भुसाल ११ सय ४० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका सानोकाजी कुँवरले ९२४ मत मात्रै प्राप्त गर्नुभयो ।

कुलप्रसाद काफ्ले/न्युज कारखाना

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?