प्रिमियर लिगको उपाधि होड रोमाञ्चक

Read Time = 2 mins

लन्डन । लिभरपुलको जितसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । मंगलबार राती भएको खेलमा साउथ हृयाम्टनलाई लिभरपुलले २-१ ले पराजित गरेसँगै लिभरपुल पनि उपाधि होडमा फर्किएको हो । लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले एक/एक गोल गर्नुभयो । साउथहृयाम्टनका नाथन रेडमन्डको एक गोल फर्काउनुभयो ।

साउथहृयाप्टनले खेलको १३औँ मिनेटमा नाथन रेडमन्डको गोलबाट अग्रता लिएको थियो । नाथनले टेलाको पासमा गोल गर्नुभएको हो । लिभरपुलले २७औँ मिनेटमा बराबरी गोल फर्कायो । ताकुमी मिनामिनोले डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काउनुभएको थियो ।

६७औँ मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको जित पक्का गर्नुभयो । यो जितले लिभरपुलले अब लिगको एक चरणको खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १ मा छोट्याएको छ । लिभरपुलको ३७ खेलबाट ८९ तथा सिटीको ९० अंक छ ।

अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम दिन हुने भएको छ । लिभरपुलले जित तथा सिटीले बराबरी या हार भोगेको अवस्थामा लिभरपुल च्याम्पियन बन्नेछ । सिटीले जित निकालेको अवस्थामा लिभरपुलले जित निकाले पनि च्याम्पियन बन्न पर्याप्त हुनेछैन । अन्तिम म्याच डेमा लिभरपुलले घरेलु मैदानमा वल्भ्ससँग तथा सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग खेल्दै छ । दुवै खेल २२ मेमा एकै समय राती ८ः४५ बजे हुनेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?