काठमाडौं । नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङ अमेरिकी राष्ट्रपति कार्यालय हृवाइट हाउस पुग्नुभएको छ । उहाँले आफू त्यहाँ पुगेको समाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
ह्वाइट हाउसको रोज गार्डेनमा एसियन-अमेरिकनको लागि आयोजना गरिएको रिसेप्सनमा प्रबल सहितका एसियाली पुग्नुभएको हो । सो अवसरमा गुरुङ सहितका आगन्तुकसँग राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि भेट गर्नुभयो । ‘नेपालबाट आएको केटोले यसरी सपना पूरा होला भन्ने कहिल्यै सोचेको थिएन । साथ, माया र सहयोगका लागि म्याडम भाइस प्रेसिडेन्टलाई धन्यवाद । उहाँ हामी सबैको सम्भावनाको स्रोत हुनुहुन्छ’ हृयारिससँगको भेटपछि प्रबलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
प्रबल र अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीचको हार्दिक सम्बन्ध नयाँ होइन । बाराक ओबामा र मिसेल ओबामा ह्वाइट हाउसमा रहँदादेखि गुरुङको ह्वाइट हाउस सम्बन्ध प्रिय नै छ । मिसेलले कैयनपटक गुरुङका पहिरन लगाउनुभएको मात्र छैन, गुरुङलाई ह्वाइट हाउसमा भोज पनि दिनुभएको थियो ।
वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले त शपथ ग्रहणमा गुरुङकै पहिरन लगाउनुभएको थियो । शपथग्रहणको ड्रेसले गुरुङसमेत चर्चामा रहनुभएको थियो । केही वर्षअघि अमेरिकामा एसियाली मूलका अमेरिकी विरुद्ध आक्रमण बढेपछि प्रबल अग्रपंक्तिमा उभिएर विरोध गर्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल