काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र सेलकम प्रालि (सेलपे) बीच स्मार्ट क्युआरमार्फत् भुक्तानी सेवा सञ्चालन सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र सेलपेका प्रमुख कार्यकारी अधिकृत सार्थक क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै सेलपे प्रयोगकर्ताले सेलपेमार्फत् स्मार्ट क्युआर मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् भने विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा लिन सक्नेछन् ।
इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत् कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी छ । स्मार्ट च्वाइस टेक्नोलोजिज र सेलपेबीच भएको सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने कम्पनीको अपेक्षा छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :