कान्ति बालको आकस्मिक कक्ष सञ्चालनमा

Read Time = 2 mins

काठमाडौं । चौधरी फाउन्डेसनको सहयोगमा स्तरोन्नति गरिएको कान्ति बाल अस्पतालको नवनिर्मित आकस्मिक कक्ष सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमबीच नवनिर्मित आकस्मिक कक्षको राज्यमन्त्री उमेश श्रेष्ठले उद्घाटन गर्दै चौधरी फाउन्डेसनले निकै महत्वपूर्ण क्षेत्रमा सहयोग गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाणजीले यो काम गर्न लागेको छु भन्दा मैले पनि उत्साह थपेको थिएँ, स्वास्थ्य शिक्षामा निजी क्षेत्रको सहयोग आवश्यक छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले कान्ति बाल अस्पतालको आकस्मिक कक्षको स्तरोन्नतिका लागि धेरै संस्थामा सहयोग मागे पनि चौधरी फाउन्डेसनमात्र सहयोगका लागि तयार भएको बताउनुभयो । चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले बालबालिकाको उपचारका लागि आकस्मिक कक्षजस्तो काममा सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै अस्पताल, स्कुल वा यस्ता संस्थामार्फत् सहयोग गर्दा त्यो सहयोग एकैपटक धेरै माझ पुग्ने बताउनुभयो ।

फाउन्डेसनकी महासचिव सारिका चौधरीले तीन दशकअघि अस्पतालमा आएर पाँचवर्षे निर्वाण चौधरीलाई उपचार गरेको स्मरण गर्नुभयो । आकस्मिक कक्षमा २५ शय्या रहेका छन् । छुट्टै भवनमा आकस्मिक कक्ष स्तरोन्नति र नयाँ उपकरण थप गरेर सञ्चालनमा ल्याइएको कान्ति अस्पतालले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?