गौतम बुद्ध विमानस्थलमा जजिराको उडान

Read Time = 2 mins

काठमाडौं । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा सुरु गरेको छ । जजिराले बुधबार काठमाडांैमा पत्रकार सम्मेलन गरी उडान सेवाबारे औपचारिक जानकारी गराएको हो ।

कुवेतको अग्रणी एयरलाइन्स जजिराले जेठ १ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सञ्चालन गरेको थियो । पत्रकार सम्मेलनमा जजिरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भन्नुभयो, ‘जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्य थप्दै गइरहेको छ । जसले गर्दा कुवेत र मध्यपूर्वको डाइरेक्ट रुटले सेवा दिन नसकेका यात्रुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवं विदेशी पर्यटकलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ ।

यो हवाई सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।’ आरआर ग्रुप अफ कम्पनिजको भगिनी संस्था सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले जजिराको नयाँ गन्तव्यको उडानबाट भैरहवाको आन्तरिक पर्यटनमा टेवा पुग्नुका साथै समग्र आर्थिक विकासमा सरोकार राख्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?