यस्तो छ तपाईंको आजको राशिफल

Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ ५ गते बिहीबार, ई.सं. १८, मे २०२२ । तिथि- वैशाख कृष्णपक्ष चतुर्थी, नक्षत्र- मूल, योग- साध्य, करण- वव, चन्द्रराशि- धनु, सूर्योदयः ५ः१५, सूर्यास्तः १८ः४७ ।

मेष : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?