भरतपुर महानगरमा रेनुको अग्रता, तीन हजार भोटले पछि परे सुवेदी

Read Time = 1 min
A A- A+

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मेयरपदकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्नुभएको छ ।

बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाउनुभएको हो ।
उहाँलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहनु भएको छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?