काठमाडौं । आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमतीलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।
यस्तै राति प्रदेश १ र मधेश प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भू-भागका पनि वर्षा हुने ठानिएको छ ।
शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :