सर्लाही । सर्लाहीको लालबन्दीमा एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेसले बाजी मारेको छ । गठवन्धनका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् ।
मेयरमा कांग्रेसका बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र प्राप्त भएको छ ।
उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी हुनुभएको हो । उहाँले ८ हजार ८५० मत पाउदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गर्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो । तर, गठबन्धनका उम्मेदवार तेस्रोमा झरेका छन् । माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुडाथोकीले ६ हजार १७५ र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गर्नुभएको छ ।







चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको